देवानगञ्ज घटना : मृतकका परिवारलाई जनही दश लाख राहत दिने पालिकाको निर्णय
baahrakhari.com · Thu Jul 30 11:35:29 GMT 2026

काठमाडौं । सुनसरी घटनामा मृत्यु भएकाका परिवारलाई देवानगञ्ज गाउँपालिकाले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आइतबार राति देवानगञ्ज–३, कप्तानगंजमा भएको घटनामा गोली लागेर दुईजनाको मृत्यु भएको थियो ।
गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताको अध्यक्षतामा बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागि निधन भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारमा समवेदना व्यक्त गर्दै राहत दिने निर्णय गरेको हो ।
Read full story at source (baahrakhari.com)