राष्ट्रपतिले नियुक्त गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू
nepalviews.com · Thu Jul 30 11:40:55 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्त गरेका छन् । कार्कीलाई संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । सो सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेका हुन् ।
यस्तै राष्ट्रपतिले निर्वाचन आयोगको आयुक्तहरूमा गुरुप्रसाद वाग्ले र राजीव सुब्बालाई पनि नियुक्त गरेका छन् ।
Read full story at source (nepalviews.com)