ओलीको आरोप- ‘सरकारको उदासीनताले स्थिति झन् जटिल बन्यो’
kendrabindu.com · Thu Jul 30 11:49:55 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई बल प्रयोगभन्दा संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। उनले सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति कायम गर्न सबै पक्षलाई संयमता अपनाउन पनि आह्वान गरेका छन्।
बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यमा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावका क्रममा स्थानीय युवा ओमप्रकाश मेहता तथा सिरहामा गोली लागेर गणेश यादवको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, विभिन्न स्थानमा हिंसा फैलिँदा थप नागरिकको ज्यान गएको र अन्य घाइते भएको घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।
Read full story at source (kendrabindu.com)