राष्ट्रपतिबाट प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
annapurnapost.com · Thu Jul 30 11:53:27 GMT 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गरेका छन्। नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार गुरुप्रसाद वाग्ले र डा. राजीव सुव्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो। बुधबार बसेको सार्वजनिक सुनुवाइ समितिको बैठकले उनीहरूको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो।
Read full story at source (annapurnapost.com)