सामाजिक सद्भाव कायम राख्न उद्योग वाणिज्य महासङ्घको अपिल
ratopati.com · Thu Jul 30 12:02:49 GMT 2026

काठमाडौँ । सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा विगत केही दिनदेखि देखिएको अशान्त वातावरण, झडप र सर्वसाधारणबिच उत्पन्न तनावप्रति नेपाल उद्योग वाणिज्य महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती घटनामा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, झडपमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
Read full story at source (ratopati.com)