रौतहटको जयनगरमा घाँटी र पेट चिरेर बाख्रा मार्ने जनावरको खोजीमा वन र निकुञ्ज
nepalpress.com · Thu Jul 30 12:28:55 GMT 2026

गौर । रौतहटको गरुडा नगरपालिका-१ जयनगरमा यतिबेला एउटा रहस्यमय जनावरले आतंक मच्चाएको छ। दुई-तीन दिनको अन्तरालमै डेढ दर्जनभन्दा बढी बाख्रा मारेपछि गाउँ नै त्रसित बनेको छ। तर, बाख्रा मार्ने जनावर कुन हो भन्ने प्रश्नको जवाफ भने सम्बन्धित निकायसँग समेत छैन ।
लगातार बाख्रा मर्न थालेपछि डिभिजन वन कार्यालय रौतहटले पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर अनुसन्धान थालेको छ । बिहीबार घटनास्थलमा क्यामेरा ट्र्याप जडान गरिएको छ । क्यामेरामा कैद भएपछि मात्रै रहस्य खुल्ने वन कार्यालयको अपेक्षा छ ।
Read full story at source (nepalpress.com)