घृणा फैलाउने र अपुष्ट समाचार फैलाउने नगरौंः सञ्चारमन्त्री
onlinekhabar.com · Thu Jul 30 12:37:04 GMT 2026

१४ साउन, काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अपुष्ट सूचना र घृणा फैलाउन समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध गरेका छन् । भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति वा कुनै समुदाय, समूह वा व्यक्तिविरुद्ध उत्तेजना फैलाउने सामग्री शेयर नगर्न सामाजीक सञ्जाल मार्फत मन्त्री तिमिल्सिनाको अनुरोध छ ।
सरकारले मधेशमा घटेका हिंसात्मक घटनालाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि गम्भीर पहल गरिरहेको उनले जानकारी गराए । ‘यसबारे सामाजिक सञ्जाल, मिडिया र विभिन्न माध्यमबाट भइरहेका भ्रामक सामग्रीको प्रसारणले निकै चिन्तित बनाएको छ,’ मन्त्री तिमिल्सिनाले अनुरोध छ,‘यस्ता भ्रामक तथा गैरजिम्मेवार सामग्रीले परिस्थितिलाई थप जटिल बनाउनुका साथै झन् हिंसा भड्काउने जोखिम बढाएको छ । शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता हाम्रो साझा जिम्मेवारी हो। असहमतिका विषय संवाद, कानुनी प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट समाधान गरौँ ।’
Read full story at source (onlinekhabar.com)