डेटा नचलाउँदा पनि ग्राहकको ब्यालेन्स काटेको भन्दै टेकपानामा प्रकाशित समाचारमा एनसेलको खण्डन
techpana.com · Thu Jul 30 12:36:23 GMT 2026

काठमाडौं । टेकपानाले हालै एनसेलका ग्राहकको ब्यालेन्स गोप्य रूपमा कटौती भइरहेको र रकम फिर्ताको दाबी झुटो रहेको भन्दै सम्प्रेषण गरेका समाचारप्रति एनसेलले आफ्नो औपचारिक प्रतिक्रिया (खण्डन) पठाएको छ । पत्रकार आचारसंहिता, २०७३ मा रहेको व्यवस्था बमोजिम सम्बन्धित पक्षको विचार र खण्डनलाई उचित स्थान दिनुपर्ने प्रावधानलाई आत्मसाथ गर्दै टेकपानाले एनसेलको उक्त पत्रलाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरेको छ ।
यद्यपि, टेकपानाले प्रकाशन गरेका दुवै समाचारहरू (' महिनौंदेखि ग्राहकलाई थाहै नदिई भित्रभित्रै डेटा-इन्टरनेट शीर्षकमा धमाधम ब्यालेन्स काट्दै एनसेल ' र ' डेटा नचलाउँदा पनि ब्यालेन्स काटेको एनसेलद्वारा स्वीकार, पैसा फिर्ता गरिसकेको भन्दै झुटो दाबी ') पीडित ग्राहकले दिएका प्रमाण, सीडीआर विश्लेषण र कम्पनीको आफ्नै स्वीकारोक्तिका आधारमा तयार पारिएकाले समाचारको तथ्य र हाम्रो अडानमा भने कुनै परिवर्तन नभएको स्पष्ट पार्न चाहन्छौं ।
Read full story at source (techpana.com)