अशान्त बन्यो मधेश
bishowkhabar.com · Thu Jul 30 12:46:24 GMT 2026
काठमाडौं-मधेश प्रदेशका विभिन्न जिल्लामा दुई समूहबीच झडप, हुलदंगा र तनाव बढ्न थालेपछि स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था लागू गरेको छ। धनुषा र सिरहाका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।
धनुषामा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिएका छन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जारी आदेशअनुसार कर्फ्यु क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, सभा, प्रदर्शन र घेराउ पूर्ण रूपमा निषेध गरिएको छ।
Read full story at source (bishowkhabar.com)