भ्रष्टाचारको नाममा निर्माणको अन्तिम चरणमा पुगेको परियोजना बन्द गर्नु उचित होइन : सभापति बुढाथोकी
shilapatra.com · Thu Jul 30 12:43:00 GMT 2026

अर्थ समितिका सभापति एवं सांसद डा. कृष्णहरि बुढाथोकीले भ्रष्टाचारका नाममा निर्माणाधीन सार्वजनिक संरचनाहरू वर्षौंसम्म बन्द राखिनु नहुने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभामा बोल्दै सांसद बुढाथोकीले भने, ‘भ्रष्टाचारको अनुसन्धान अवश्य होस्, दोषी प्रमाणित हुनेलाई कडा कारबाही पनि होस् । तर अनुसन्धानकै नाममा निर्माण सम्पन्न वा अन्तिम चरणमा पुगेका सार्वजनिक संरचनालाई वर्षौसम्म बन्द राख्नु उचित होइन ।’ यसले राज्यको लगानी खेर जाने र नागरिक आधारभूत सेवाबाट वञ्चित हुने अवस्था सिर्जना गरेको उनको भनाइ छ ।
Read full story at source (shilapatra.com)