वीरगन्जमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने
barnanmedia.com · Thu Jul 30 12:42:59 GMT 2026

सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन हुन थालेपपछि पर्साको वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन्।
Read full story at source (barnanmedia.com)