भुक्तानी सम्बन्धी संस्थालाई करदाता प्रोत्साहन कार्यक्रममा जोडिन राष्ट्र बैंकको निर्देशन
onlinekhabar.com · Thu Jul 30 12:54:02 GMT 2026

१४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली तथा सेवा सञ्चालक कम्पनीलाई करदाता प्रोत्साहन कार्यक्रम आफ्नो प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गरेको थियो । सोही अनुसार आन्तरिक राजश्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ कार्यविधि पनि लागु गरिसकेको छ । साउन २१ गतेदेखि जारी हुने बिल उक्त कार्यक्रममा समेट्ने व्यवस्था छ । सो अनुसार विद्युतीय प्रणालीमा अन्तर आवद्धता स्थापित गर्न आवश्यक व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
Read full story at source (onlinekhabar.com)