गृह मन्त्रालयमा मुस्लिम र हिन्दु अगुवाहरूसँग छलफल
clickmandu.com · Thu Jul 30 13:08:24 GMT 2026

काठमाडौं । पछिल्लो केही दिनयता तराई-मधेशका विभिन्न जिल्लाहरूमा देखिएको धार्मिक तथा सामाजिक तनाव कम गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले गृह मन्त्रालयमा उच्चस्तरीय छलफल सुरु भएको छ ।
गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा मुस्लिम आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीहरूबीच छलफल भइरहेको हो । तराई-मधेशमा देखिएका पछिल्ला गतिविधिको विश्लेषण गर्दै त्यहाँको तनाव मत्थर पार्ने उपायहरू खोज्न छलफल केन्द्रित गरिएको उनले जानकारी दिइन् ।
Read full story at source (clickmandu.com)