सुनसरी-सिराहा घटनामा संवादमार्फत समाधान खोज्न सरकारलाई एमालेको आग्रह
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज र सिराहामा भएका गोलीकाण्ड तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बल प्रयोग तत्काल रोक्न र संवादमार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुनसरीको देवानगञ्जमा राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको र सिरहामा गणेश यादवको गोली लागेर निधन भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ। वक्तव्यमा अन्य नागरिक घाइते भएको घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
Read full story at source (hamrakura.com)