शिक्षा र स्वास्थ्यमा समता शुल्क पूर्ण छुट, राजपत्रमा सूचना प्रकाशित
shilapatra.com · Thu Jul 30 13:07:00 GMT 2026

चालु आर्थिक वर्षको बजेटमार्फत व्यवस्था गरिएको समता शुल्क अब लागू नहुने भएको मन्त्रालयले जनाएको छ । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा छुट गरिने घोषणा गरेका थिए । सोही घोषणाअनुसार अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै शुल्क खारेज भएको औपचारिक जानकारी दिएको हो ।
राजपत्रमा सूचना प्रकाशित भएसँगै शिक्षा तथा स्वास्थ्य सेवामा समता शुल्क नलाग्ने व्यवस्था लागू भएको छ ।
Read full story at source (shilapatra.com)