थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार
kendrabindu.com · Thu Jul 30 13:25:40 GMT 2026

काठमाडौं । सरकारले स्थानीय तहबाट नापी तथा मालपोतसम्बन्धी सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप चार वटा पालिकामा सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु भएको थियो । त्यसपछि हालसम्म झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका, काभ्रेपलाञ्चोकको भुम्लु नगरपालिका र रोशी गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, दैलेखको भगवतीमाई गाउँपालिका, बाँकेको राप्तिसोनारी गाउँपालिका, कैलालीको धनगढी उपमहानगरपालिका, चितवनको कालिका नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, सर्लाहीको ईश्वरपुर नगरपालिका, गुल्मीको मुसीकोट नगरपालिका र दोलखाको वैतेश्वर नगरपालिका गरी १४ स्थानीय तहबाट स्थानीयस्तरमा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह हुन थालेको छ ।
Read full story at source (kendrabindu.com)