भ्याली पब्लिकको ह्याट्रिक जित
neplays.com · Thu Jul 30 14:08:00 GMT 2026
काठमाडौं । आयोजक भ्याली पब्लिकले पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजमा बिहीबार तेहोरो जित हात पारेको छ ।
भ्याली पब्लिकले युरो स्कुललाई १–०, काठमाडौं इन्टरनेसनललाई ३–१ र बागमतीलाई २–० गोलले पराजित गर्यो । सोही उमेरसमूहको अन्य खेलमा युरोले काठमाडौं इन्टरनेसनललाई २–०, डाफोडिलले युनाइटेड स्कोलर्स एकेडेमीलाई ४–०, मित्रश्री पाठशालाले युनाइटेडलाई ६–०, मित्रश्रीले नमो बुद्धलाई २–० र डाफोडिलले नमो बुद्धलाई १–० गोलले हराए ।
Read full story at source (neplays.com)