निर्देशन कार्यान्वयनमा प्रधान न्यायाधीशको ताकिता
gorkhapatraonline.com · Fri Jun 26 00:07:05 GMT 2026

फरक मुद्दा व्यवस्थापन, बक्यौता मुद्दा न्यूनीकरण, मुद्दा व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगलगायतमा प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले मातहतका अदालतसँग निरन्तर परामर्श थाल्नुभएको छ । मुद्दा फस्र्योट घटाइ सेवा प्रवाह बढाउने उद्देश्यले मातहतका अदालतलाई जेठ १८ गते दिइएको २१ बुँदे निर्देशन कार्यान्वयनका सिलसिलामा प्रधान न्यायाधीश शर्माले मातहतका अदालतको न्यायिक र प्रशासनिक नेतृत्वसँग परामर्श गर्नुभएको हो । असार ८ गतेदेखि शर्माले उच्च अदालत, अदालतका अस्थायी इजलास र मातहतका अदालतका नेतृत्वसँग छलफल गर्नुभएको हो ।
प्रधान न्यायाधीश शर्माले बुधबार उच्च अदालत जनकपुर र मातहत अदालत, उच्च अदालत जनकपुरको राजविराज इजलास र मातहत अदालत तथा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज र मातहत अदालत गरी ११ अदालतका न्यायाधीश, रजिस्ट्रार तथा स्रेस्तेदारसँग छलफल गर्नुभएको हो । मुद्दा व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग तथा बक्यौता न्यूनीकरणमा छलफल गर्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)