सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
lokaantar.com

सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेतका ६० वर्षीय रत्न विकको मृत्यु भएको जानकारी दिए।
विकलाई सोही वडाको धुलियाबिट नजिकै भित्री सडक खण्डमा कप्र ०२००१ स १०९४ नं को अटोले आज बिहान ठक्कर दिएको थियो। अटोको ठक्करले टाउको र ढाडमा चोट लागेका विकलाई उपचारका लागि कर्णाली केयर सुर्खेतमा लगिएको थियो। त्यहाँ नसकेर नेपालगञ्ज नर्सिङहोम र त्यहाँबाट पनि भारतको लखनउ सिटी अस्पतालमा पठाइएको थियो।
Read full story at source (lokaantar.com)