रास्वपाले सद्भाव कायम गर्न सांसदलाई जिल्लामा परिचालन गर्ने
aarthiknews.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रहबर अन्सारीले पार्टी सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दै सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको जानकारी दिए ।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनैपनि समुदाय वा नागरिकमाथि समस्या वा अन्याय आइपरे पार्टीले त्यसलाई गम्भीर रूपमा लिनुपर्ने र समस्या समाधानको जिम्मेवारी सबै सांसद तथा पार्टी सदस्यले साझा रूपमा वहन गर्नुपर्ने उनको निर्देशन रहेको बताए ।
Read full story at source (aarthiknews.com)