सडक विभागसँग नेपाल निर्माण व्यवसायी महासंघको मागः २० प्रतिशत अग्रिम भुक्तानी गरियोस्
ratopati.com · Thu Jul 30 14:40:49 GMT 2026

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सडक विभाग मातहत सञ्चालित तथा नयाँ आह्वान भएका निर्माण आयोजनाहरूमा कानुनबमोजिम पाउनुपर्ने २० प्रतिशत अग्रिम भुक्तानी एकमुष्ट रूपमा उपलब्ध गराउन माग गरेको छ । महासंघले ध्यानाकर्षण पत्र सडक विभागका महानिर्देशकसमक्ष पेस गर्दै उक्त माग गरिएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ (दोस्रो संशोधन) को दफा ५२ (क) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११३ बमोजिम निर्माण व्यवसायीलाई सम्झौता रकमको २० प्रतिशत अग्रिम भुक्तानी एकमुष्ट रूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ । तर, सडक विभाग अन्तर्गतका आयोजनाहरूमा उक्त अग्रिम भुक्तानी एकमुष्ट रूपमा नदिइएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
Read full story at source (ratopati.com)