मोरङमा सामाजिक सद्भाव कायम गर्न शुक्रबार सद्भाव र्याली निकालिने
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका कारण उत्पन्न परिस्थिति न्यूनीकरण गर्न सद्भाव र्याली निकाल्ने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले आमनागरिक सम्मिलित सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो। आगामी शुक्रबार अपराह्न ३:०० बजे निकालिने उक्त र्यालीमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी, युवा, व्यापारिक वर्ग र विभिन्न धार्मिक समुदायको सहभागिता रहने जनाइएको छ।
Read full story at source (hamrakura.com)