पूर्वमुख्यमन्त्रीको सुविधा नलिने कँडेलको घोषणालाई शाहीले भने– स्टन्ट
baahrakhari.com · Thu Jul 30 14:41:45 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीका रूपमा पाउने सुविधा नलिने भनेकोमा आलोचना गरेका छन् ।
कर्णाली प्रदेशसभाको बिहीबारको बैठकमा शाहीले पूर्वमुख्यमन्त्रीलाई उपलब्ध हुने सुविधा नलिने घोषणा वास्तविकताभन्दा जनमत प्रभावित गर्ने प्रयास भएको उनले बताए । “आज समाजमा जीवनबहादुर शाही र राजकुमार शर्माले राज्यका धेरै सुविधा लिइरहेका छन् भन्ने भ्रम सिर्जना गरियो,” उनले भने, “जबकि हामी साधारण सांसदसरह जीवन बिताइरहेका छौँ । यस्तो स्टन्टबाजीले जनतालाई गलत सन्देश मात्रै दिन्छ ।”
Read full story at source (baahrakhari.com)