देवानगन्ज घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न मधेशकेन्द्रित दलको माग
himalpress.com · Thu Jul 30 14:53:56 GMT 2026

काठमाडौँ- मधेशकेन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगन्जमा भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। उनीहरूले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन पनि अपिल गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेका हुन्।
Read full story at source (himalpress.com)