सिरहा घटनाको छानबिन गर्न समिति, मधेसका अन्य जिल्लामा प्रदर्शन मत्थर
nepalnews.com · Thu Jul 30 15:07:15 GMT 2026

जनकपुर। सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय समिति गठन गरेको छ। कर्फ्यु र सेना परिचालनपछि मधेसका अधिकांश जिल्लामा विरोध प्रदर्शन मत्थर हुँदै गए पनि गोलबजारसहित सिरहाका विभिन्न क्षेत्र अझै तनावग्रस्त छन्।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन्। समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य छन्।
Read full story at source (nepalnews.com)