बालाजु क्षेत्रमा बालबालिकाको मुन्द्रा लुटपाट गर्ने गिरोह पक्राउ
ratopati.com · Thu Jul 30 15:15:10 GMT 2026

काठमाडौँ । काठमाडौँको बालाजु क्षेत्रमा साना बालबालिकालाई ललाईफकाई तथा सर्वसाधारणलाई डर त्रास देखाई कानको मुन्द्रा लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न मिति र समयमा बालबालिकाको मुन्द्रा लुट्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो। विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूको साथबाट लुटपाट गरिएको सुनको मुन्द्रा ४ थान बरामद भएको छ।
Read full story at source (ratopati.com)