पाडा खोज्न निस्केका फुयाँल जंगलमा मृत भेटिए
annapurnapost.com · Sun Aug 30 15:16:25 GMT 2026

सिमराः हराएको पाडा खोज्न भन्दै घरबाट निस्किएका बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका ५५ वर्षीय देवीप्रसाद फुयाँल आइतबार जंगलमा मृत फेला परेका छन्। उनको शव सहजनाथ मन्दिरदेखि दक्षिणतर्फको जंगलमा फेला परेको हो।
पाडा खोज्न भन्दै शनिबार बिहान ५ बजे साइकल चलाएर घरबाट निस्किएका फुयाँल नफर्किएपछि उनको खोजी थालिएको थियो । खोजी गर्ने क्रममा स्थानीयले उनको शव फेला पारेका हुन्। स्थानीयका अनुसार फुयाँलको शवमाथि उनको साइकल रहेको र चप्पल करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको थियो । घटना रहस्यमय देखिएको भन्दै स्थानीयले सुक्ष्म अनुसन्धानको माग गरेका छन्।
Read full story at source (annapurnapost.com)