मधेशवादी दललाई बोलाएर रविले भने– सरकारलाई निर्देशन दिन्छु
shilapatra.com · Thu Jul 30 15:35:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तराई–मधेशमा देखिएको समस्याबारे सरकारलाई निर्देशन दिने बताएका छन् । मधेशकेन्द्रित दलहरूसँगको छलफलमा सभापति लामिछानेले यस्तो बताएका हुन् ।
‘सभापतिलाई भेटेर ध्यानाकर्षण गराएका छौँ । सरकार संवेदनहीन भएर काम गरिरहेको छ । गैरजिम्मेवार ढंगले काम गरेको छ । मधेश जल्दा पनि प्रधानमन्त्रीलाई बोल्ने फुर्सद भएन । गृहमन्त्रीलाई हेर्ने फुर्सद भएन भन्ने हाम्रो कुरा रह्यो,’ नेता राजेन्द्र महतोले भने, ‘सभापति लामिछानेले सरकारलाई आवश्यक निर्देशन दिन्छु भन्नुभएको छ । यो देशमा सरकारले न्याय दिन्छ र साम्प्रदायिक सद्भाव कायम गराउन आवश्यक निर्देशन दिन्छु भन्नुभएको छ ।’
Read full story at source (shilapatra.com)