ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब सेमिफाइनलमा
ratopati.com · Sun Aug 30 15:29:19 GMT 2026
ताप्लेजुङ । सातदोबाटो फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै सिरहाको सलहेश युवा क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत तेस्रो क्वाटरफाइनल खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा सलहेशले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
Read full story at source (ratopati.com)