बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डको विजयी सुरुआत
neplays.com · Sun Jun 07 16:18:16 GMT 2026
काठमाडौं । बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलामा आइतबार विजयी सुरुआत गरेका छन् ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा बूढानीलकण्ठले आईएस नेपाललाई ६५–१२ ले सहजै पराजित गर्यो । बूढानीलकण्ठको जितमा प्रीति तुलाचनले १४ अंक योगदान गरिन् । चारै क्वाटरमा अग्रता बनाएको बूढानीलकण्ठले क्रमशः २१–५, ११–७, १२–२ र २१–४ को प्रदर्शन गर्यो । रोशनी श्रेष्ठको १४ अंक सहयोगमा ट्रेनिङ ग्राउन्डले बलर्सलाई ७३–४१ ले हरायो । पहिलो क्वाटरमा १४–७ को अग्रता बनाएको ट्रेनिङ ग्राउन्डले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै २०–१२, २१–१४ र १८–८ स्कोर गर्यो ।
Read full story at source (neplays.com)