सिरहा घटना: गोली लागेर प्रहरी सहायक हवल्दार घाइते
ratopati.com · Thu Jul 30 16:39:25 GMT 2026

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शन नियन्त्रणमा खटिएका एक जना प्रहरी कर्मचारीलाई गोली लागेको छ । गोली लागेर प्रहरी सहायक हवल्दार नारद परियार घाइते भएका हुन् । उनलाई उपचारको लागी लहानबाट विराटनगर रिफर गरिएको छ ।
बिहीबार गोलबजारमा भएको प्रदर्शन नियन्त्रणमा खटिएका परियारको घुँडामुनी गोली लागेको सिरहाका एसपी बासु पाठकले रातोपाटीलाई बताए । गोली कसले हानेको हो भन्नेबारे यकिन भएको छैन । एसपी पाठकले भने, ‘सहायक हवल्दार परियारलाई गोली लागेको छ, उपचारका लागी विराटनगर पठाएका छौँ ।’
Read full story at source (ratopati.com)