सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा
ratopati.com · Thu Jul 30 16:53:07 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज विराटनगरको विभिन्न अस्पताल पुगेका छन् । विराटनगरस्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर गृहमन्त्री गुरुङले घाइतेका स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीको स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिए ।
त्यसक्रममा गृहमन्त्रीले घाइतको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । गृहमन्त्रीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज पुगेर मृतकका आफन्तसँग पनि भेट गर्ने कार्यक्रम छ ।
Read full story at source (ratopati.com)