बालेन सरकारको कार्यशैलीप्रति सकारात्मक सुनिएनन् रवि
ratopati.com · Thu Jul 30 16:54:12 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिहीबार पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति त्यति सकारात्मक सुनिएनन् । बिहीबार सिंहदरबारमा मधेस केन्द्रित दलहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा लामिछाने सुनसरी घटनाका सम्बन्धमा सरकारको कार्यशैलीप्रति निकै अर्थपूर्ण रूपमा सुनिए ।
उनले अहिलेको सङ्कटपूर्ण घडीमा सरकारले जुन प्रकारको तदारुकता र अभिभावकीय भूमिका देखाउनुपर्ने थियो, त्यो नदेखिएको संकेत गरे। तर पहिलो ध्यान आगो निभाउनतिर दिनुपर्ने भएकाले अरू विषयमा पछि मूल्याङ्कन हुने उनको भनाइ थियो ।
Read full story at source (ratopati.com)