बालेनको सम्बोधनमा शंकरको टिप्पणी: ढिलै भए पनि बोल्नुभयो, तर सहकार्यको अपिल गर्न सक्नुभएन
ratopati.com · Thu Jul 30 17:00:44 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहको राष्ट्रका नाममा गरिएको सम्बोधनप्रति टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै महासचिव पोखरेलले प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दा राजनीतिक दल, प्रदेश र स्थानीय सरकारसँग सार्थक सहकार्य र संवादको भावसहितको अपिल गर्न नसकेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिस्थितिले ढिलै भए पनि प्रधानमन्त्रीज्यूलाई बोल्न बाध्य बनायो ! तर दुःखद कुरा, देशको अभिभावक मानिने प्रधानमन्त्रीज्यूले अझै पनि राजनीतिक दल तथा प्रदेश र स्थानीय सरकारसँग सार्थक सहकार्य र संवादको भावसहित अपिल भने गर्न सक्नुभएन । चुनौती र सङ्कटका बेला सबैको साथ र सहयोग लिन सक्नु नै नेतृत्वको कुशलता हो ।’
Read full story at source (ratopati.com)