युरोपमा इतिहासकै भीषण गर्मी: १३ सय बढीको मृत्यु, फ्रान्स र स्पेनमा तापक्रम ४५ डिग्री नाघ्यो
lokaantar.com

युरोप महाद्वीप यतिबेला इतिहासकै सबैभन्दा भीषण गर्मीको चपेटामा परेको छ। जुन २१ देखि शुरू भएको अत्यधिक गर्मीका कारण युरोपभर हालसम्म १,३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (ड्ब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्स (एक्स) मा पोस्ट गर्दै युरोपमा अत्यधिक तापक्रमका कारण १,३०० भन्दा बढी मृत्यु रेकर्ड गरिएको पुष्टि गरेका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार फ्रान्समा मात्रै सामान्य औसतभन्दा करिब एक हजार बढी मानिसको मृत्यु भएको छ।
Read full story at source (lokaantar.com)