देवानगञ्ज घटनाका घाइतेलाई भेट्न गृहमन्त्री र स्वास्थ्यमन्त्री अस्पतालमा (तस्बिरहरू)
ratopati.com · Thu Jul 30 17:22:42 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता बिहीबार अस्पताल पुगेका छन् ।
अस्पताल पुगेर दुवै मन्त्रीले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग जानकारी लिएका छन् । सो क्रममा उनीहरूले घाइतेहरूको उपचारमा कुनै पनि कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। साथै, घाइतेहरूको उपचार प्रभावकारी र सहज रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्रीद्वयले बताएका छन् ।
Read full story at source (ratopati.com)