बार्सिलोनाबाट मार्कस रासफोर्डको बिदाइ पक्का, सामाजिक सञ्जालमार्फत दिए बिदाइ सन्देश
ratopati.com · Thu Jul 30 18:42:04 GMT 2026
काठमाडौँ । इङ्ल्यान्डका स्ट्राइकर मार्कस रासफोर्ड स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिने पक्का भएको छ । २८ वर्षीय रासफोर्डले आफू आगामी सिजन क्याटालन क्लबको जर्सीमा नदेखिने कुरा सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा बार्सिलोनाको १४ नम्बर अंकित आफ्नो जर्सीको तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘म क्लबका सबैजनाप्रति धेरै आभारी छु, जसले यहाँ मेरो समयलाई सकारात्मक र अविस्मरणीय बनाउनुभयो । मैले प्रत्येक क्षणको आनन्द लिएँ र म यहाँका धेरै विशेष सम्झनाहरू आफूसँगै लैजानेछु ।’
Read full story at source (ratopati.com)