सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारबाही, १ कराेड १० लाख जरिवाना
arthasansar.com · Thu Jul 30 06:20:00 GMT 2026

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर गर्दै तीन धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई कारबाही गरेकाे छ । बाेर्डले तीन कम्पनीलाइ कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको हाे।
बोर्डले सार्वजनिक गरेको निर्णयअनुसार कारबाहीमा सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज परेका छन्। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७फ उपदफा (१) को खण्ड (ख) बमोजिम गरिएको कारबाहीअन्तर्गत सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ, श्रीकृष्ण सेक्युरिटिजलाई ३० लाख रुपैयाँ तथा हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३० लाख रुपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ।
Read full story at source (arthasansar.com)