भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार
ratopati.com · Sun Aug 30 15:54:21 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहिन भएकामध्ये हालसम्म २८९ विदेशी पर्यटकको उद्धार गरिएको हो।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्कविहीन भएकामध्ये २८९ विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिए।
Read full story at source (ratopati.com)