नेपाल खेलकुद महासंघको पहिलो विस्तारित बैठकमा ओलीले गाए– चुनाव जितेसी रमाउँला...
farakdhar.com · Sun Aug 14 17:31:52 GMT 2022
नेपाल खेलकुद महासंघ (नेकोस)को पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । आइतबार काठमाडौंमा सम्पन्न पहिलो विस्तारित बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बाँस्कोटा, नेकपा एमाले स्कुल विभाग उपप्रमुख ईश्वरी रिजाल, नेकपा एमालेका केन्द्रीय सदस्यहरु देवेन्द्र दाहाल, रमेश पौडेल, सरस्वती बस्नेत, नेपाल खेलकुद महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा एमाले पूर्णरुपमा निर्वाचनमा होमिएको बताए । ‘नेकपा एमालेको विरुद्धमा गठबन्धन गरेर देशको ढुकुटी रित्याएर, आर्थिक संकट निम्त्याएको यो गठबन्धनले सत्ताको दुरुपयोग गरेको छ,’ उनले भने, ‘राज्य प्रशासनको व्यापक दुरुपयोग गरेर निर्वाचनमा धाँधली गर्ने संकेत अहिले नै देखिएको छ ।’
Read full story at source (farakdhar.com)