अनुगमनमा सक्रिय विभाग
barnanmedia.com · Thu Jul 30 23:46:43 GMT 2026

काठमाडौँ, १५ साउनः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पनि बजार अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ ।
विभागले नौवटा व्यावसायिक फर्ममा स्थलगत अनुमगन गरेको थियो । त्यस क्रममा सबै फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले स्थलगत निरीक्षण गर्दै आएको छ ।
Read full story at source (barnanmedia.com)