नागरिकलाई लखपति बनाउने राष्ट्र बैङ्कको कार्यक्रम सञ्चालन हुँदै
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थाहरूलाई आग्रह गरेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै आगामी साउन २१ गतेदेखि सञ्चालनमा आउने यो कार्यक्रमको जानकारी ग्राहकहरूलाई पठाउन निर्देशन दिएको छ।
सरकारले बिलबिजक लिने–दिने संस्कृतिको विकास गर्न र कर प्रणालीमा आबद्ध नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना अगाडि बढाएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी सक्कली बिल लिएका नागरिकहरू यस योजनामा सहभागी हुन पाउनेछन्।
Read full story at source (hamrakura.com)