आज खिर खाएर १५ साउन मनाइँदै, यसकारण खाइन्छ खिर
rajdhanidaily.com · Fri Jul 31 00:05:07 GMT 2026

काठमाडौं । आज १५ साउन । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला १५ असारमा दही चिउरा र १५ साउनमा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा गरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
Read full story at source (rajdhanidaily.com)