धनुषामा लगाइएको कर्फ्यु आंशिक खुकुलो, अत्यावश्यक सामग्री किन्न समय दिइयो
ratopati.com · Fri Jul 31 00:45:26 GMT 2026

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा जारी कर्फ्युलाई सर्वसाधारणको सुविधाका लागि शुक्रबार बिहान केही समय खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले एक सूचना जारी गर्दै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बिहान दुई घण्टा कर्फ्यु खुकुलो पारिएको जानकारी दिएका छन् ।
बिहीबार जारी कर्फ्युका कारण जनजीवन प्रभावित भएपछि प्रशासनले आज बिहान ६ बजेदेखि ८ बजेसम्मका लागि आंशिक रूपमा खुकुलो गर्ने निर्णय गरेको हो । यस अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन् । प्रशासनले निर्धारित समयभित्रै सामान खरिद गरी आफ्नो निवासमा फर्कन र कर्फ्युको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेको छ ।
Read full story at source (ratopati.com)