घाइते भेट्न पुगेका गृहमन्त्रीलाई अस्पतालमै प्रदर्शनकारीको घेराबन्दी, चर्को नाराबाजी
annapurnapost.com · Fri Jul 31 00:35:45 GMT 2026

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका घाइतेको स्वास्थ्य अवस्था बुझ्न बिहीबार राति विराटनगर आएका गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता अस्पताल पुगेका बेला बाहिर प्रदर्शन र नाराबाजी भएको छ ।
घाइतेहरूको उपचार भइरहेको न्युरो अस्पतालमा मन्त्रीद्वय प्रवेश गरेलगत्तै अस्पताल परिसरबाहिर दर्जनौंको संख्यामा भेला भएकाहरुले सरकारविरुद्ध चर्को नाराबाजी र प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले गोलीकाण्डमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कडा कारबाही गर्नुपर्ने तथा हिन्दु राज्य घोषणा गर्नुपर्ने माग अघि सारे ।
Read full story at source (annapurnapost.com)