जनकपुरमा आन्दोलनकारीको ढुङ्गा लागेर बालक गम्भीर घाइते, काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार जारी
ratopati.com · Fri Jul 31 00:58:33 GMT 2026

जनकपुरधाम । सुनसरीमा भएको घटनाको विरोधमा धनुषामा भएको प्रदर्शनका क्रममा ढुङ्गा लागेर एक १२ वर्षीय बालक गम्भीर घाइते भएका छन्। बिहीबार जनकपुरमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको ढुङ्गामुढाबाट बालक घाइते भएका हुन्।
घाइते हुनेमा जनकपुर उपमहानगरपालिका–७ बसपार्क बस्ने पंकज दासका छोरा अन्दाजी १२ वर्षीय आनन्द दास रहेका छन्। प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर उनको टाउको र हातमा गम्भीर चोट लागेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
Read full story at source (ratopati.com)