धनुषामा कर्फ्यु आंशिक रूपमा खुकुलो, अत्यावश्यक वस्तु खरिद गर्न दुई घण्टाको समय दिइयो
nepalviews.com · Fri Jul 31 00:59:23 GMT 2026

जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लामा जारी कर्फ्युलाई सर्वसाधारणको सहजताका लागि शुक्रबार बिहान केही समय आंशिक रूपमा खुकुलो पारेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार बिहान ६ बजेदेखि ८ बजेसम्मका लागि कर्फ्यु खुकुलो गरिएको हो।
यो अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्नलगायतका दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्। प्रशासनले निर्धारित समयसीमाभित्रै किनमेल गरी आ-आफ्नो निवासमा फर्कन र कर्फ्युको पूर्ण पालना गर्न सबैलाई अनुरोध गरेको छ।
Read full story at source (nepalviews.com)