क्यान्सर अस्पतालमा पेट स्क्यान जडानका लागि बाटो खुल्यो
ratopati.com · Fri Jul 31 01:08:21 GMT 2026

चितवन । प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान गर्ने उपकरण सञ्चालन गर्नेबारे नेपाल सरकारले चासो दिएको थियो । तत्कालीन समयदेखि निरन्तर रूपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट स्क्यान जडानका लागि सरकारले बजेट विनियोजन गर्दै आए पनि हालै मात्र सबै प्रक्रिया पूरा गरेर मेसिन खरिदमा जान मिल्ने गरी काम अघि बढाएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सम्पन्न गर्न अस्पताललाई करिब तीन वर्ष लागेको अस्पताल प्रशासनले जनाएको छ । यही अवधिमा अस्पतालले निर्माण भएका संरचनाको भरतपुर महानगरपालिकामा अभिलेखीकरण गरेको छ । यसका लागि अस्पतालले रु एक करोड ७८ लाख राजस्व बुझाएको कार्यकारी निर्देशक डा उमेश नेपालले जानकारी दिए । सबै प्रक्रिया पूरा गरेर अस्पतालले बोलपत्रका लागि तयारी अवस्थामा पुर्याएको छ । यसअघि बोलपत्र आह्वान भएर कम्पनी छनोट भएपछि मुद्दाका कारण काम रोकिएको उनले बताए ।
Read full story at source (ratopati.com)