कक्रोच जनता पार्टीका अभियन्ता भन्छन्- जेल जानुपरे पनि पछि हट्दिनँ
ratopati.com · Fri Jul 31 01:23:45 GMT 2026

नयाँ दिल्ली । भारतमा हालै भएको ठुलो विद्यार्थी आन्दोलनमा सक्रिय रूपमा लागेका २४ वर्षीय कानूनका विद्यार्थी मोहम्मद जुनैदले आफूलाई प्रहरीले गैरकानूनी रूपमा हिरासतमा राखेर मानसिक यातना दिएको आरोप लगाएका छन्। उत्तर भारतको गाजियाबादका किसान परिवारमा जन्मिएका जुनैदले न्यायका लागि आफ्नो लडाइँ जारी राख्ने उद्घोष गर्दै भारतको सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्।
अनपढ आमाबुवाका सन्तान जुनैदका लागि ‘इल्म’ अर्थात् ज्ञान सबैभन्दा ठुलो सम्पत्ति भएको बीबीसीको समाचारमा उल्लेख छ । त्यही शिक्षाको पवित्रता जोगाउन चिकित्सा शिक्षाको प्रवेश परीक्षामा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ ले सुरु गरेको आन्दोलनमा उनी होमिएका थिए। जुन महिनामा दिल्लीको जन्तर मन्तरमा सुरु भएको विरोध प्रदर्शनमा उनी सुरुमा एक दिनका लागि मात्रै गएका थिए, तर त्यहाँको आवश्यकता र विद्यार्थीहरूको पीडा देखेपछि उनी ६ हप्तासम्म त्यहीँ बसेर स्वयंसेवकको भूमिका निभाए।
Read full story at source (ratopati.com)