पूर्वी मधेसमा फैलँदै साम्प्रादायिक तनाव, समन्वय र सहकार्यमा चुक्दै सरकार
kendrabindu.com · Fri Jul 31 01:26:35 GMT 2026

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिकामा गत आइतबार भएको घटनालगत्तै सरकारले गर्नैपर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खासगरी प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव पाँच जिल्लामा विस्तार भएको हो। दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा दुई जिल्लामा तीन जनाको मृत्यु भइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्।
सुरक्षा विज्ञ, राजनीतिक दल तथा प्रतिनिधिसभामा सांसदहरूले उठाएका सवालअनुसार सरकारबाट गर्नैपर्ने केही काम बेलैमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारले यो विषयलाई लिएर प्रदेश तथा संघका सांसद, राजनीतिक दल, संसद्, नागरिक समाज र समुदायस्तरमा कुनै संवाद गरेको छैन।
Read full story at source (kendrabindu.com)